दफा
अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने
वित्तीय मध्यस्थताको काम गर्ने उद्देश्य राखी संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएको संस्थाले यस ऐन बमोजिम वित्तीय मध्यस्थताको काम गर्न चाहेमा देहायको विवरणहरू खुलार्ई तोकिएको ढाँचामा बैङ्क समक्ष निवेदन दिनुपर्नेछः– (क) संस्था दर्ता प्रमाणपत्र तथा संस्थाको विधान, (ख) संस्थाका पदाधिकारीहरूको नाम, ठेगाना र पेशा, (ग) संस्थाको कूल सदस्य सङ्ख्या, (घ) संस्थाको चल अचल सम्पत्ति, (ङ) संस्थाले वित्तीय मध्यस्थताको काम गर्न चाहेको भौगोलिक क्षेत्र, (च) तोकिएबमोजिमका अन्य कुराहरू ।